बिएल संवाददाता
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई ३३६ रनकाे बलियाे लक्ष्य दिएकाे छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङकाे राेजेकाे मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायाे।
मधेसकाे लागि अनिल शाहले सर्वाधिक १२७ रन बनाएर आउट भए। उनले १२५ बलमा ६ छक्का र ११ चौका प्रहार गरे।
त्यस्तै, अरनिकाे यादवले ३० बलमा ५० रन पूरा गरे। उनी ६३ रन बनाउँदै नटआउट रहे भने अभिषेक तिवारी २७ रन बनाउँदै अविजित रहे।
त्यसैगरी, मधेसका कप्तान हरिशकर शाह २ रन बनाएर पेभिलियन फर्किए भने मायन यादव २७ रन बनाएर आउट भए। मधेसका पवन सराफ ४०, रुपेश सिंह ३२ रन बनाएर आउट भए।
गण्डकीकाे लागि सन्दिप परजुलीले २ विकेट लिए भने कृष्ण पौडेलले र कमल परियारले समान १-१ विकेट लिए।
यसअघि हिजाे भएकाे खेलमा मधेस नेपाल पुलिस क्लबसँग ६ विकेटले पराजित भएकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया