बिएल संवाददाता
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई ३३६ रनकाे बलियाे लक्ष्य दिएकाे छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङकाे राेजेकाे मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायाे।
मधेसकाे लागि अनिल शाहले सर्वाधिक १२७ रन बनाएर आउट भए। उनले १२५ बलमा ६ छक्का र ११ चौका प्रहार गरे।
त्यस्तै, अरनिकाे यादवले ३० बलमा ५० रन पूरा गरे। उनी ६३ रन बनाउँदै नटआउट रहे भने अभिषेक तिवारी २७ रन बनाउँदै अविजित रहे।
त्यसैगरी, मधेसका कप्तान हरिशकर शाह २ रन बनाएर पेभिलियन फर्किए भने मायन यादव २७ रन बनाएर आउट भए। मधेसका पवन सराफ ४०, रुपेश सिंह ३२ रन बनाएर आउट भए।
गण्डकीकाे लागि सन्दिप परजुलीले २ विकेट लिए भने कृष्ण पौडेलले र कमल परियारले समान १-१ विकेट लिए।
यसअघि हिजाे भएकाे खेलमा मधेस नेपाल पुलिस क्लबसँग ६ विकेटले पराजित भएकाे थियाे।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया