बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपअन्तर्गतको जारी खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।
बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन बनायो।
नेपालका लागि सर्वाधिक रन ओपनर विपिन रावलले बनाए। उनले ६८ बलमा ३९ रनको योगदान दिएर पेभिलियन फर्किए। २४.४ ओभरमा रावल पाकिस्तानका अरफात मिनहासको बलबाट अलि असफान्दको हातबाट क्याच आउट भएका थिए।
नेपालका अर्का ओपनर अर्जुन कुमाल १२ बलमा ६ रन बनाउँदै आउट भए। त्यस्तै कप्तान देव खनाल ३७ बलमा २३ रन बनाएर आउट भए।
आकाश त्रिपाठी १० बलमा ६ रन बनाउँदै पेभिलियन फर्किए। उतम मगर ४ गुलशन झा १८, दिपेश कँडेल १३ तथा दिपक डुम्रे २६ रन बनाएर पेभिलियन फर्किए।
पाकिस्तानका अफरत मिन्हासले सर्वाधिक ३ विकेट लिए। यसअघि भएको खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले पराजित गरेको थियो।
पाकिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया