बिएल संवाददाता
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मधेस प्रदेशमाथि नेपाल पुलिस क्लबले शानदार जित हात पारेको छ।
बुधबार मुलपानीको माथिल्लो किक्रेट रंगशालामा भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले पराजित गर्दै शानदार जित हात पारेको हो।
जितको लागि ९६ रनको लक्षय पछ्याएको पुलिसले १८.३ ओभरमा चार विकेट गुमाउँदै लक्षय पूरा गर्यो।
पुलिसको लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रनको योगदान दिए। त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए। पुलिसका दिलिप नाथले ४ रन बनाउँदा अमित श्रेष्ठ १५ रन तथा आरिफ शेख १६ रन बनाउँदै अविजित रहे।
उता, मधेसको लागि रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस २४ ओभरमा ९६ रन बनाउँदै अलआउट हुन पुग्यो। मधेसका ओपनर तथा कप्तान हरिशंकर शाहले २२ रन बनाउँदै आउट भए। अरनिको यादवले पनि २३ रनमा आउट हुँदा अभिषेक तिवारीले अविजित ११ रन जोडे।
त्यसबाहेक मधेसका अन्य ब्याटरले दोहोर अंक जोड्न सकेनन्। पुलिसको लागि सागर ढकालले सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट लिए। त्यस्तै, रशिद खानले १ विकेट लिए।
जारी प्रतियाेगितामा नेपाल पुलिसले पाँच वटा खेलमा सबैमा विजयी हुँदै खेल तालिकाको शीर्ष स्थानमा छ। मधेसको भने यो तेस्रो हार हो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया