बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपमा आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै छ।
बुधबार खेल दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा नेपाली समय अनुसार दिउँसाे १:४५ बजेबाट सुरु हुनेछ। आइतबार भएकाे पहिलाे खेलमा नेपाल न्यूजिलन्डसँग ६४ रनले पराजित भएकाे थियाे।
पहिलाे खेलमा पराजय भएकाे नेपाल आज पाकिस्तानलाई हराउने दाउँमा मैदानमा उत्रिनेछ। तेस्तै, सुपर सिक्समा आफ्नाे स्थान बलियो बनाउनकाे लागि आज नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाबमा हुन्छ।
सन् २००२ मा भएकाे यु-१९ विशवकपमा नेपालले पाकिस्तानलाई ३० रनले हराएर ईतिहास रचेकाे थियाे। जारी प्रतियोगितामा पाकिस्तानले आफ्नाे पहिलाे खेलमा अफगानिस्तानाई १ सय ८१ रनको पराजित गर्दै शानदार सुरुवात गरेकाे थियाे।
यु –१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ। उक्त समूहमा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छन्।
त्यस्तै, समूह चरणको अन्तिम खेल नेपालले अफगानिस्तानसँग माघ १२ गते खेल्ने छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया