बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपमा आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै छ।
बुधबार खेल दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा नेपाली समय अनुसार दिउँसाे १:४५ बजेबाट सुरु हुनेछ। आइतबार भएकाे पहिलाे खेलमा नेपाल न्यूजिलन्डसँग ६४ रनले पराजित भएकाे थियाे।
पहिलाे खेलमा पराजय भएकाे नेपाल आज पाकिस्तानलाई हराउने दाउँमा मैदानमा उत्रिनेछ। तेस्तै, सुपर सिक्समा आफ्नाे स्थान बलियो बनाउनकाे लागि आज नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाबमा हुन्छ।
सन् २००२ मा भएकाे यु-१९ विशवकपमा नेपालले पाकिस्तानलाई ३० रनले हराएर ईतिहास रचेकाे थियाे। जारी प्रतियोगितामा पाकिस्तानले आफ्नाे पहिलाे खेलमा अफगानिस्तानाई १ सय ८१ रनको पराजित गर्दै शानदार सुरुवात गरेकाे थियाे।
यु –१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ। उक्त समूहमा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छन्।
त्यस्तै, समूह चरणको अन्तिम खेल नेपालले अफगानिस्तानसँग माघ १२ गते खेल्ने छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया