बिएल संवाददाता
लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
आज भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरी एपिएफलाई ५८ रनले हराएको छ। ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो।पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो। पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे।
बलिङतर्फ सशस्त्रका भुवन कार्कीले तीन विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २र२ विकेट लिए। १ सय ४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो। एपिएफका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए। एपिएफका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए।
बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेनसहित ८ रन मात्र जोडे। राजवंशीले ५ विकेट लिदा पुलिसका अर्का बलर रशिद खानले २ विकेट लिए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया