बिएल संवाददाता
लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
आज भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरी एपिएफलाई ५८ रनले हराएको छ। ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो।पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो। पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे।
बलिङतर्फ सशस्त्रका भुवन कार्कीले तीन विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २र२ विकेट लिए। १ सय ४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो। एपिएफका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए। एपिएफका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए।
बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेनसहित ८ रन मात्र जोडे। राजवंशीले ५ विकेट लिदा पुलिसका अर्का बलर रशिद खानले २ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया