बिएल संवाददाता
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ।
जीतका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै कूल २५ रनमा समेटियो। कोशीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कोशीका कप्तान अङ्कित सुवेदीले ८ रन जोडे भने कमल खत्रीले ५, आशिष भट्टराई र अभ्यास तिमिसिनाले समान तीनरतीन रन जोडे।
बलिङततर्फ गण्डकी प्रदेशका विपीन खत्री एक्लैले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन विकेट झारे भने अङ्कित न्यौपानेले एक विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनायो । गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान दिए। उनले एक सय २२ बल खेल्दै सात चौकाको मद्दतमा ६७ रन बनाएका हुन्। त्यसैगरी कप्तान विपीन खत्रीले ४२ रन बनाए भने कमल परियारले १३ रन जोडे।
कोशी प्रदेशका अभ्यास तिमिसिनाले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानले एक विकेट लिए। यस जीतसँगै गण्डकीले पहिलो जीत दर्ता गराएको छ । गण्डकीले चार खेलमा दुई अङ्क जोडेको छ। छैटौँ खेलमा पराजित रहेको कोशी प्रदेश भने अङ्कविहीन छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया