बिएल संवाददाता
क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० गाेलले पराजित गरेको छ। एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएकाे हाे।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका लागि बुडिमरले दोस्रो हाफमा गरेकाे एक मात्र गाेल निर्णायक बन्याे। यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो। पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ। पानामा आफ्नाे पहिलो खेलमा घानासँग १-० ले पराजित भएको थियो।
बुडिमिरले ५३औँ मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन।
क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ गाेलले पराजित भएको थियाे । याे जितपछि क्रोएसिया ३ अंक जोड्न सफल भएको छ।
अब समूहको लिग चरणको अन्तिम दिनको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया