बिएल संवाददाता
स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।
बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।
मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त भयो । ब्राहिम डियाजले दिएको उत्कृष्ट पासलाई उनले गोलमा परिणत गरे।
खेल फर्किन केही राम्रो अवसर पाएपनि स्कटल्यान्ड सफल हुन सकेन।
समूह ‘सी’ मा मोरक्कोले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ। मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो ।
हाइटीलाई हराएको स्कटल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलको ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया