बिएल संवाददाता
जुम्लामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–५ स्थित तिला नदी किनारमा रहेको महारानी थान (मन्दिर) भित्र लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले शनिबार दिउँसो करिब १ः२० बजे उक्त स्थानमा पुगेर खानतलासी गर्दा गुठीचौर गाउँपालिका–४ का १८ वर्षीय नबिन न्यौपाने, गुठीचौर गाउँपालिका–५ का १८ वर्षीय सन्दीप गिरी, तातोपानी गाउँपालिका–१ का १८ वर्षीय जगदीश कठायत र चन्दननाथ नगरपालिका–७ का ३० वर्षीय बिपुल महतलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूको साथबाट प्लास्टिकले बेरेर राखिएको एक डल्ला फेला परेको थियो। उक्त डल्ला खोली परीक्षण गर्दा लागूऔषध ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा ल्याई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा उक्त लागूऔषधको शुद्ध तौल १ ग्राम रहेको बताइएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया