बिएल संवाददाता
एसियन गेम्स क्वालिफायर्समा टी–२० क्रिकेटको विश्व वरीयतामा ८९ औं नम्बरमा रहेको चीनमाथि १७ औं स्थानमा रहेको नेपालले फराकिलो अन्तरको जित निकालेको छ।
सिंगापुरमा नेपालले रेकर्डमाथि रेकर्ड बनाएको खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ।
नेपालले दिएको ३१३ रनको लक्ष्य पछ्याएको चीन अन्तिम ओभर पूरा नखेली ९२ रनमै अलआउट भयो।
खेलमा नेपालले बनाएको ३१३ रन टी–२० मा तेस्रो उच्च स्कोर बनेको छ। नेपालले यसअघि मंगोलियाविरुद्ध ३१४ रनको स्कोर खडा गर्दै विश्वकिर्तिमान बनाएको थियो। यद्यपि उक्त स्कोर यतिबेला दोस्रो उच्च स्कोरमा सीमित भएको छ। नेपालको रेकर्ड जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै तोडेको थियो।
चीनविरुद्धक खेल विशाल रन अन्तरले जितेको नेपाल टी–२० अन्तर्राष्ट्रियमा दुईपटक ३ सय रन पार गर्ने पहिलो राष्ट्र बनेको छ।
त्यस्तै नेपालले एउटै टी–२० अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक २९ छक्का हानेको स्पेनको कीर्तिमानमा बराबरी गरेको छ। सर्वाधिक छक्का हान्ने तेस्रो रेकर्ड पनि नेपालकै नाममा छ। मंगोलियाविरुद्धको म्याचमा नेपालले २६ छक्का प्रहार गरेको थियो। दोस्रोमा रहेको जिम्बाबेले गाम्बियाविरुद्ध २७ छक्का हानेको थियो।
यता नेपालका ओपनर कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै टी–२० मा यस्तो दुर्लभ ब्याटिङ गर्ने विश्वकै पाँचौं ब्याटर बनेका छन्।
यसअघि टी–२० अन्तर्राष्ट्रियमा चार ब्याट्सम्यानले मात्रै एक ओभरमा छक्का हानेका छन्। भुर्तेलको रेकर्डसँगै नेपालको नाममा टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुई ब्याटरको टीमको कीर्तिमान बनेको छ।
नेपालका दीपेन्द्रले २०२४ मा कतारविरुद्धको म्याचमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
उनीहरूबाहेक भारतका युवराज सिंहले (ईंग्ल्यान्डविरुद्ध), वेस्ट इन्डिजका केइरन पोलार्डले (श्रीलंकाविरुद्ध) र सामोआका डेरियस भिसरले (भानुआटुविरुद्ध) एकै ओभरमा छ छक्का हानेर कीर्तिमान बनाएका छन्।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया