बिएल संवाददाता
आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट गुमाएर सहजै भेट्टायो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। कुशल १२० रनमा अविजित रहदा आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।
एकदिवसीय भुर्तेलको १२० रनको स्कोर व्यक्तिगत उच्च स्कोर हो। १४ फेब्रुअरी २०२३ मा ओमानविरुद्ध टीयू मैदानमै उनले ११५ रन बनाएका थिए।
बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटिएको थियो।
अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले। पटेलले ८३ रन बनाए भने जयसूर्याले ५० रन बनाए।
यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले २ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र गुलशन झाले एक/एक विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया