बिएल संवाददाता
एक्सन स्पोर्ट्स एचडी च्यानलबाट कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जयराज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेर एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिइएकाे हाे।जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ।
यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो। तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो। अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ।
प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्।
एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया