बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ।
नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन्।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो।
यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो। त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेको छ भने नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ। ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ।
नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया