बिएल संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ।
जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग-र्यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए। उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन्। ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए। कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे।
कोशीका सुजन थपलियाले एक विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए। त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए। कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एकरएक विकेट लिए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया