बिएल संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ।
जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग-र्यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए। उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन्। ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए। कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे।
कोशीका सुजन थपलियाले एक विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए। त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए। कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एकरएक विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया