बिएल संवाददाता
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन– ११ गतेदेखि सुरु हुने भएको छ।
बुधबार काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गर्दै युवा संघ नेपालले उक्त प्रतियाेगिताबारे जानकारी दिएकाे हाे। साे प्रतियोगिता ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरुको सहभागिता रहनेछ। यस प्रतियोगिताको हरेक खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा माघ ११ देखि सुरु हुनेछ भने फाइनल खेल फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाखसहित ट्रफी मेडल पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी र उत्कृष्ट गोल कर्ता समान ५० हजार पाउनेछन्। प्रतियोगिताको हरेक खेलमा विजयी हुने टिमले २५ हजार प्राप्त गर्नेछ भने हरेक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउने आयोजकले जनाएको छ।
गत संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले फाइनलमा सातदोबाटो युथ क्लबलाई हराएकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया