बिएल संवाददाता
आईसीसी टी–२० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि आसिफ शेख २९ बल खेलेका उनी ५८ रन बनाउँदै रिटायर्ड आउट भए। यस्तै, सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रन बनाए।
बलिङमा क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए। श्रेयस मोव्वाले ३८, कन्वरपाल ताथगुरले २५, जास्करन सिंहले २१, निकोलक किर्तोनले १० रन बनाए।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २/२ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि भएको पहिलो अभ्यास खेलमा पनि नेपालले यूएईलाई सात विकेटले हराएको थियो।
विश्वकपमा नेपाल रहेको समूह ‘सी’ मा दुईपटकका विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्ने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया