बिएल संवाददाता
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको पहिलो वार्मअप खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ।
आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ रन बनाइन्। बिन्दु रावलले २५ रन बनाउँदा कप्तान इन्दु बर्माले १२ रन मात्र बनाउन सकिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो।
आयरल्यान्डका लागि कप्तान गेबी लेविसले ३८ बलमा ७७ रन बनाइन्। त्यसपछि उनी रिटायर्ड आउट भइन्। अर्की ब्याटर ओर्ला पेन्डरगास्ट पनि ६२ रन बनाएर रिटायर्ड आउट भइन्।
नेपालले अर्को वार्मअप शुक्रबार अमेरिकासँग खेल्ने छ। यद्यपि यी खेलले कुनै कुनै अन्तराष्ट्रिय मान्यता भने पाउने छैनन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया