बिएल संवाददाता
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको पहिलो वार्मअप खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ।
आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ रन बनाइन्। बिन्दु रावलले २५ रन बनाउँदा कप्तान इन्दु बर्माले १२ रन मात्र बनाउन सकिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो।
आयरल्यान्डका लागि कप्तान गेबी लेविसले ३८ बलमा ७७ रन बनाइन्। त्यसपछि उनी रिटायर्ड आउट भइन्। अर्की ब्याटर ओर्ला पेन्डरगास्ट पनि ६२ रन बनाएर रिटायर्ड आउट भइन्।
नेपालले अर्को वार्मअप शुक्रबार अमेरिकासँग खेल्ने छ। यद्यपि यी खेलले कुनै कुनै अन्तराष्ट्रिय मान्यता भने पाउने छैनन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया