बिएल संवाददाता
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि चुमेको छ। शनिबार भएको फाइनल खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई फेरि उपविजेतामै सीमित गरिदिएको हो।
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका ओपनार दिनेश अधिकारीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए। हर्मित सिंह र स्कट कुगेलेइनले समान १०/१० रन जोडे।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, कप्तान रोहित पौडेल र शेर मल्लले समान ३-३ विकेट लिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया