बिएल संवाददाता
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा समेटियो।
विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए। नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए।
बलिङमा लुम्बिनीका लागि तिलक भण्डारीले ३ विकेट लिए। रुबेन ट्रम्पलम्यान, अभिशेष गौतमले र जेजे स्मिथले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए। कप्तान रोहित पौडेलले ३४ रन योगदान गरे।
बलिङमा विराटनगरका लागि गरी सुभाष भण्डारीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया