बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले हराएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा १२० रनमा समेटियो।
सुदूरपश्चिमले चितवनलाई हराउँदा विराटनगर किंग्स एक खेलअगावै प्लेअफमा पुगेको छ। विराटनगरले ६ खेलबाट ८ अंक जोडेको छ।
अब उत्कृष्ट चारभित्र पर्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
लुम्बिनी लायन्स ६ खेलमा ३ जितसँगै ६ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। यदी उसले मात्रै जनकपुरविरुद्धको बाँकी एक खेल जिते ८ अंकसहित प्लेअफमा पुग्नेछ। अन्य टोलीले ८ अंक ल्याउने सम्भावना सकिएको छ।
तर, जनकपुर बोल्ट्सले बाँकी दुई खेल जिते उसको पनि ६ अंक हुनेछ। र, पोखरा एभेन्जर्स र चितवन राइनोजमध्ये एकले एकआपसमा बाँकी एक खेल जिते दुईमध्ये एक टोलीको पनि ६ अंक हुनेछ। र लुम्बिनीको पनि ६ अंक हुनेछ।
यस्तो अवस्थामा लुम्बिनीलाई सहजै प्लेअफमा पुग्न जनकपुरसँगको अन्तिम खेल जित्नै पर्ने दबाब छ।
यदी जनकपुरले बाँकी दुवै खेल जिते जनकपुर, लुम्बिनी र पोखरा वा चितवनमध्ये एकसहित तीन टोलीको समान ६/६ अंक हुनेछ।
यस्तोमा नेट रनरेटको आधारमा एक टोली प्लेअफमा प्रवेश गर्नेछ।
सुदूरपश्चिम र काठमाडौं गोर्खाज यसअघि नै प्लेअफमा पुगिसकेका छन्। जनकपुरसँग अन्तिम खेल खेल्न बाँकी रहेको कर्णालीको भने यसअघि नै प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया