बिएल संवाददाता
काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ।
बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गरेको हो। ७ खेलमा ५ खेल जितेको काठमाडौं १० अंकसहित दोस्रो स्थानमा सुरक्षित छ।
काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो। चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।
काठमाडौंका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले २३ बलमा ५५ रन बनाए।
बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ४ विकेट लिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया