बिएल संवाददाता
काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ।
बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गरेको हो। ७ खेलमा ५ खेल जितेको काठमाडौं १० अंकसहित दोस्रो स्थानमा सुरक्षित छ।
काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो। चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।
काठमाडौंका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले २३ बलमा ५५ रन बनाए।
बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ४ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया