बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ।
मंगलबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुर बोल्ट्सले खाता खोलेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको
चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
जनकपुरको रोमाञ्चक जितमा ओपनर ब्याट्सम्यान माज सदाकतले ६३ रनको योगदान दिए। त्यस्तै अनिल साहले ६१ रन बनाए।
चितवनका लागि सोहल तनवीर, कमलसिंह ऐरी र अमर रौतेलाले एक/एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो।
चितवनका लागि ओपनर ब्याट्सम्यानद्वय डेभिड मलानले ८० र अर्जुन साउदले ५२ रन बनाए। कप्तान कुशल मल्लले अविजित ३० रन बनाए।
जनकपुरका बलर माज सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी एटनले एक–एक विकेट लिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया