बिएल संवाददाता
यूएईमा जारी आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। यो नेपालको लगातार तेस्रो हार हो।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए। त्यस्तै मिलिन्द कुमारले ७० रनको योगदान दिए।
बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। नन्दन यादव, करण केसी र गुल्सन झाले एकएक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो।
नेपाली टोलीका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले ७५ रनको योगदान गरे। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४७ रन बनाए। भीम सार्कीले ४३ रन बनाउँदा कप्तान रोहित पौडेलले ३६ रन बनाए।
आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले उत्कृष्ट पारी खेल्दै ४९ रन बनाए। सन्दीप लामिछाने चार रनको योगदान दिए।
बलिङमा अमेरिका लागि हरमित सिंहले तीन विकेट लिए। सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुई/दुई विकेट हात पारे। जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए।
योसँगै जारी शृंखलामा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनको लज्जास्पद हार ब्यहोरेको नेपाल
दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।
वान डे स्टाटस जोगाउन खेल जित्नै पर्ने दवाबमा रहेको नेपालले लगातार हार ब्यहोरिरँदा स्टाटस गुम्ने सम्भावना बढेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया