बिएल संवाददाता
पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ।
स्थानीय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद विक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए। स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता भरतीले जानकारी दिएका छन्।
हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ। डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन्।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया