बिएल संवाददाता
मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेका छन्। समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानै संसदीय दल नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको बताइएको छ। माओवादीसँगै एमालेले पनि सरकार छोड्ने तयारी गरेको छ।
मधेसमा ठुलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका २५, नेपाली काँग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक-एक सांसद रहेका छन्।
मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ। जसपा नेपाल नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा मात्र सरकार बनाउन सकिने अवस्था रहेको छ।
त्यस्तै मधेसमा उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कति जना सांसद छन् भन्ने स्पष्ट भएको छैन।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया