बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभइ निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन्।
बिहीबार पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचन पूर्व भएका ध्वंस, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे।
‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विश्लेषण नगरिका राजनीति हुदैन,’ अध्यक्ष ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ। त्यती नबुझी राजनीति बुझिदैन।’
अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर ‘एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई विस्थापन भयो’ भनेर बुझ्नु नहुने बताए।
‘अल्गोदिम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो,’ अध्यक्ष ओलीले भने, ‘हामीप्रति घृणा फैलाएर,अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो।’
अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए। बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुदैन।
‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ। कतिपय आफैं भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने, ‘यस्ता प्रवृतिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’
अध्यक्ष ओलीले ससमाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए। समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ।
ओलीले रास्वपा नेताहरूको बोली सुन्दासुन्दा कहिलेकाँही आफैं घण्टाकर्ण बनौं जस्तो लाग्ने गरेको बताए।
‘हाम्रा यति धेरै अनुभवी कार्यकर्ता छन्। केही नजानेका हिन्दाहिन्दैका मान्छे आएर कोही सांसद भएका छन्, केही मन्त्री भएका छन्, कोही के भएका छन्। बोलाइ सुन्नुस् त कस्तो छ? ओ हो हो हो…(कान थुन्दै ओलीले भने)। बोली सुन्दासुन्दा कहिलेकाँही आफैं घण्टाकर्ण बनौंजस्तो लाग्छ। कानमा घण्टी बाँधेर मुन्टो हल्लाउँदै घन्ट्याङ घन्ट्याङ पार्दै नसुनियोस् भनेर हिँडौं जस्तो। अब चिन्ह फेरि उनीहरूले लिएको छ घण्टी। त्यो घण्टी चैं अरूको कुरा नसुन्ने घण्टी हो फेरि।’
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया