भारतमा सवारी दुर्घटनामा परेका रुपेश एक महिनासम्म 'कोमा'मा

तस्बिरः एजेन्सी

अछाम जिल्ला घर भएका रुपेशसिंह बिश्वकर्मा (लोहार) मुम्बईको एक अस्पतालमा उपचाररत छन्।

एक महिना अघि साथीको प्रर्खाइमा रहेका २५ वर्षिय रुपेशलाई पछाडीबाट आएको बोलेरो जीपले टक्कर दिएको थियो। उनलाई दुर्घटना लगतै अस्पताल लगिएको उनका साथीहरुले बताए। रुपेशको के.एम अस्पतालको कोमामा उपचार उपचारत रहेको उनका बुबाले जानकारी दिए।

रुपेशलाई ठक्कर दिने सवारीलाई स्थानीय प्रहरीले तत्काल कारबाही प्रक्रिया नचालेकोप्रति भारतीय जनता पार्टी नेपाली समाज प्रकोष्ट महाराष्ट्र संयोजक धीरेन्द्र सिंहले आपत्ति जनाएका छन्।

कोमामा उपचार गराइरहेका रुपेशलाई दैनिक १२ देखि १५ हजारसम्मको आर्थिक रकम लाग्ने गरेको परिवारका एक सदस्यले दुखेको पोखे। आर्थिक अवस्था कमजोर भएका बिश्वकर्मा परिवारलाई आबश्यक कागजात पु¥याएर निःशुल्क उपचारका लागि सम्बन्धीत निकायसँग संयोजक धीरेन्द्रले सहयोग गर्ने जानकारी दिए।

घटनाका बारेमा, महाराष्ट्र प्रहरीको माथिल्लो निकायमा खबर गरेको बताए। मैले उपल्लो पुलिस अधिकारीसँग कुरा गरेको छु।संयोजक धीरेन्द्रले भने घटनाको बारेमा पनि सबै जानकारी दिए।

के.एम अस्पताल पुगेका, भाजपा नेपाली समाज प्रकोष्ट महाराष्ट्र संयोजक धीरेन्द्र सिंह, इन्द्र बहादुर सिंह, रमेश सिंह र लालसिंह देउकरले उपचाररत रुपेश तथा परिवारलाई भेटेका थिए।

प्रकाशित मिति: : 2019-11-12 12:32:44

प्रतिकृया दिनुहोस्