अब फेरि जनताले शक्ति देखाउने बेला भयो– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारले ‘हाइप्रोफाइल’का फाइलहरू खोल्दाखेरि डराएर काँग्रेस र एमाले मिलेर आफूलाई ढाल्न खोजेको बताएका छन्। 

‘इतिहासमा यति हाइ प्रोफाइल मान्छेहरू कहिल्यै प्रहरीको अनुसन्धानमा परेका थिएनन्। उपप्रधानमन्त्री भएकाहरू अहिले पनि हिरासतमा छन्’ उनले भने ‘अब जनताले आफ्नो शक्ति देखाउने बेला भइसकेको छ। अब पनि जनता जागेनन् भने देश पूरै माफियाहरूको कब्जामा जाने खतरा छ।’

उनले दुई ठूला दलहरू मिलेर फेरि संविधान च्यात्ने षड्यन्त्र गरेको पनि बताएका छन्। 

 ‘जनताको बलिदानबाट बनेको संविधानलाई रातिराति झम्टीझम्टी च्यात्न खोजिएको थियो। जनताको साथ लिएर बचाएका हौं’ संसदमा विश्वासको मत माग्दै प्रचण्डले भनेका छन् ‘अब पनि संविधान बचाइनेछ। त्यसका लागि फेरि एकपटक जनताको साथ चाहिएको छ।’

प्रकाशित मिति: : 2024-07-12 12:29:00

प्रतिकृया दिनुहोस्