उपेन्द्र यादवलाई एक्ल्याएर नयाँ पार्टी बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईसहित नेता तथा सांसदहरू एमाले संसदीय दलको कार्यालयमा पुगेका छन्।
आइतबार नयाँ पार्टी बनाएका उनीहरूले त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ। ओली अर्को बैठकमा भएका कारण उनीहरूले संसदीय दलको कार्यालयमा कुरिरहेका छन्।
अशोक राईको नेतृत्वमा जसपाका ७ जना सांसदसहित केही नेताहरूले नयाँ पार्टी बनाएका हुन्। एक्लिएका उपेन्द्र यादवले पनि अमेरिकाबाट फर्किनासाथ ओली र प्रधानम्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।