तनहुँ सेवा समाज युएईको तेस्रो अधिवेशन सम्पन्न

स्थापनाको छोटो अवधीमै युएईमा क्रियाशील नेपाली संघसंस्थाहरू मध्ये अग्रणी स्थानमा पर्न सफल सामाजिक संस्था 'तनहुँ सेवा समाज युएई'को तेस्रो अधिवेशन सम्पन्न भएको छ।

गत आइतबार बरदुबईको हेरिटेज होममा सम्पन्न अधिवेशनले सुदिप कार्कीको अध्यक्षता २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिमा अघिल्लो कार्यकाल २०२०-२०२२ बाट अध्यक्ष सुदिप कार्की, महासचिव सुरिन भुजेलसहित वरिष्ठ उपाध्यक्ष कल्पना रिमाल र उपाध्यक्ष कृष सुनार दोहिरिएका छन्। 

त्यसैगरी, नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा भुवन थापा मगर, गणेश बस्नेत र अपिल भट्टराई, सचिवमा ज्ञानु ठकुरी, कोषाध्यक्षमा रमेश गोदार, सहकोषाध्यक्षमा ईश्वर अधिकारी, युवा संयोजकमा अमरराज पन्थी र महिला संयोजकमा अनिता अधिकारीलाई चयन गरिएको छ।

यस्तै, खेलकुद संयोजकमा जितेन्द्र कार्की, सांस्कृतिक विभाग संयोजकमा शिशिर थापा, अबुधाबी क्षेत्रीय संयोजकमा रामभक्त मरासिनी, सारजाह क्षेत्रीय संयोजकमा अर्जुन खड्का र अलऐन क्षेत्रीय संयोजकमा दिपक खड्का चयन भएका छन् भने राजु तिमल्सिना, खड्ग भुजेल, योगनारायण अधिकारी, किरण गुरूङ, विष्णु कार्की, टीका ढकाल, ईन्दु पोख्रेल, किशोर पाण्डे, नवीन मिश्र र भोला थापा केन्द्रिय सदस्यमा चयन भएका छन्।

युएईमा क्रियाशील दर्जन बढी नेपाली संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेको अधिवेशनको उद्घाटन दिप प्रज्वलनसँगै नेपालको राष्ट्रिय गान गाएर गरिएको थियो। प्रथम चरणको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक हिरालाल श्रेष्ठले गरेका थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्ष कल्पना रिमालले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा प्रवक्ता गणेश बस्नेतले संस्थाको बारेमा बताएका थिए भने महासचिव सुरिन भुजेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रमेश गोदारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यसैगरी कार्यक्रमका दौरान तनहुँ सेवा समाजसँग आवद्ध भलिबल खेलाडी र कलाकारहरूलाई कदरपत्रसहित सम्मान समेत गरिएको थियो।

सन् २०१८ को एक सडक दुर्घटनामा आफ्नै जिल्लावासी गणेश लामिछानेलाई गुमाएपछि युएईमा कार्यरत तनहुँवासीबीच एकता एवम् सहयोग आदानप्रदानका लागि स्थापित यस संस्थाले अहिलेसम्म थुप्रै सामाजिक गतिविधि एवम् राहतका कार्यक्रमहरू सञ्चालन गरिसकेको छ।

प्रकाशित मिति: : 2022-09-20 18:32:00

प्रतिकृया दिनुहोस्