जसले एकै समय ७० फिल्म साइन गरे...

Bollywood Hungama
Bollywood Hungama

बलिउडका चिनेजानेका अभिनेता हुन्–गोविन्दा। उनलाई नचिन्ने त सायदै होलान। उनको मोहनी लगाउने डान्स, हसिलो मुहार, र उत्कृष्ट अभिनयका कारण उनी निकै चर्चित छन्।

गोविन्दाले तीन दशकभन्दा बढी समयदेखि आफ्ना विभिन्न ‘ब्लकबस्टर’ चलचित्रहरूमार्फत फ्यानहरूलाई मनोरञ्जन दिएका छन्।  

उनी ९० को दशकमा, एकै समयमा धेरै चलचित्रहरूमा काम गर्नका लागि परिचित थिए र उनको युगमा सबैभन्दा बढि कमाउने अभिनेताहरूमध्ये एक थिए।

उनले फिल्म ‘लभ ८६’ मा सफल डेब्यू गरेपछि कुल ७० वटा चलचित्र साइन गरेका थिए। उनले १९८७ मा पहिलो पटक आफ्नो अन्तर्वार्ताको क्रममा धेरै चलचित्रहरूमा काम गरेको खुलाशा गरेका थिए। तर आफूसँग समय नभएका कारण उनले फिल्मलाई ‘स्किप’ गरेका थिए। 

उनको फिल्महरुमध्ये कुली नम्बर १, राजा बाबु, अखियों से गोली मारे, हिरो नम्बर १, नसीब हुन्। 

उनले विगतका वर्षहरूमा अद्भुत प्रदर्शनका लागि सफलतापूर्वक १२ फिल्मफेयर पुरस्कार जित्नका साथै ४ जी सिने पुरस्कारहरू पनि पाएका छन्। 

यसैगरी उनले ‘हसिना मान जायेगी’ मा गरेको अभिनयका कारण फिल्मफेयर सर्वश्रेष्ठ हास्य कलाकारको सम्मान पाएका थिए। 

गोविन्दा अन्तिम पटक कमेडी–ड्रामा ‘फ्रायडे’ मा देखिएका थिए जसलाई अभिषेक डोग्राले निर्देशन गरेका थिए। चलचित्रमा वरुण शर्मा, दिगंगना सूर्यवंशी पनि थिए र १२ अक्टोबर २०१८ मा रिलिज भएको थियो।


प्रकाशित मिति: : 2022-01-11 16:18:00

प्रतिकृया दिनुहोस्