रौतहटको गुजरा नगरपालिकाका उपमेयर रौशन खातुनको श्रीमान् शेख बसरुद्दिनले अबैध रुपमा लालबकैयामा चलाएको जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेष्ठ मसान्तसम्म मात्र नदिजन्य पदार्थ निकाल्नु पर्ने नियम बिपरित बसरुदिनले उपमेयर आफ्नो श्रीमती भएको रवाफ देखाँउदै लालबकैया नदिमा चलाएको सिएएसएस ८५ आइइएक्स लेखेको जेसीबी प्रहरीले नियन्त्रणमा लिएको हो ।
लालबकैया नदिमा जेसीबी लगाएर १० ट्रयाक्टरमा आइतबार मिक्स ग्रेभल ढुवानी गराइरहेकाको सूचना स्थानीयले दिएपछि रौतहटका सिडिओ बासुदेव घिमिरेको निर्देशनमा प्रहरी चौकी हरिनगरको टोलिले नियन्त्रणमा लिएको हो ।
बन क्षेत्र अन्तरगत प्रयोग भएको अवस्थामा बरामद जेसीबी आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालयमा बुझाएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिए ।
जिल्ला बन अधिकृत बिनोदकुमार सिंहले जिल्ला समन्वय समितिको सहकार्यमा नियमअनुसार आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।