सुदूरपश्चिम गयो ४.४ रेक्टर स्केलको भूकम्प

तस्बिरः बिएल

सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिए।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।

प्रकाशित मिति: : 2019-09-16 22:41:26

प्रतिकृया दिनुहोस्