पेशेवर लुटेरालाई पक्राउ गर्ने क्रममा टोखामा गोली चल्यो

तस्बिरः एजेन्सी

लुटेरालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

काठमाडौंको टोखामा महानगरिय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक घर भएका काले भन्ने बिष्णु तामाङलाई पक्राउ गर्न गोली चलाएको हो।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङ र प्रहरीको जम्काभेट हुँदा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

गोली लागेका तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि ७ वर्ष जेल बसेर छुटेका तामाङले पूर्व डिआईजी बिश्वराज शाहीदेखि आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुसन्धानका क्रममा खुलेपछि  महाशाखाले उनलाई खोजी गर्दै आएको थियो।

प्रकाशित मिति: : 2019-05-20 08:41:57

प्रतिकृया दिनुहोस्