परिवर्तनकारी शक्तिहरु अप्ठयारोमा पर्ने पूर्वराजाको चेतावनी

बिएल

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठयारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए ।

उनले भने, ‘ परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन र परिवर्तनकर्तालाई अप्ठयारो पर्न सक्छ ।’

 

प्रकाशित मिति: : 2019-10-29 17:37:23

प्रतिकृया दिनुहोस्