राष्ट्रपति भण्डारी ४३ सदस्यीय जम्बो टोलीसहित बुधबारदेखि चीन भ्रमणमा

फाइल तस्वीर :

नेपालकी अलांकारिक राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने चीन भ्रमणको टोली ४३ सदस्यीय हुने समाचारले फेरि एकपटक नेपाली जनता निराश भएका छन्। ३४ जनाले सरकारी सुविधामा भ्रमण गर्नेछन् भने निजी क्षेत्रका नौजनाले आफ्नै खर्चमा भ्रमण गर्ने बताइएको छ।

परराष्ट्र मन्त्रालयले ठूलो कोशिस गरेर राजकीय भ्रमण बनाएको राष्ट्रपतिको जम्बो भ्रमण टोलीमा राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत रहेका छन्। राष्ट्रपति कार्यालयबाट विज्ञहरु शुशीलराज प्याकुर्‍याल र लालवावु यादव, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, सहसचिव छविन्द्र पराजुली र डा.जिवस शाह, उपसचिव उत्तमकुमार शाही रहेका छन्। भ्रमण टोलीमा राष्ट्रपतिका निजी चिकित्सक डा.धर्मकान्त बास्कोटा र लेडी-इन-वेटिङ सरस्वती जिरेल पनि रहेका छन्। 

यसैगरी परराष्ट्र मन्त्रालयबाट परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल, उपसचिव रोशन खनाल, शाखा अधिकृतद्वय अम्बिका जोशी र भोगेन्द्र लिङदेन रहेका छन् ।

भ्रमणदलमा प्रमुख सुरक्षा अधिकृत ब्रिगेडियर जनरल मिनध्वज खड्कासहति मेजर दिवाकर खड्का, मेजर सन्देश अधिकारी, क्याप्टेन आसिना कार्की र क्याप्टेन पवित्रा अधिकारी रहेका छन्।

समाचारकर्मीमा राससका सुरेन्द्रबहादुर नेपाली, नेपाल टेलिभिजनका राजेन्द्र तिमिल्सिना र कुमार शर्मा रहेका छन्। 

भ्रमणटोलीमा बेइजिङस्थित नेपाली दूताबासबाट राजदूत लीलामणि पोखरेललगायतका कर्मचारी पनि थपिने छन्। टोलीमा सहभागी भएबापत उनीहरूले पनि डलरमा थप दैनिक भत्तालगायतका सुविधा पाउँने छन्।

यसैगरी भ्रमण टोलीमा निजी क्षेत्रबाट लगानी बोर्डका बालकृष्ण शिवाकोटी, च्याम्बर अफ कमर्सका चन्द्रप्रसाद ढकाल र राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, व्यवसायी उमेश कसजु, नेपाल-चीन व्यापार तथा उद्योग संघसम्बद्ध अन्जु पौडेल, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर काडेल, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र प्रभु बैंकका सीइओ अशोक शेरचन रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहितका ३ सदस्य बेइजिङमा मात्रै भ्रमण टोलीमा सहभागी हुने छन्। । 

 
प्रकाशित मिति: : 2019-04-24 10:52:28

प्रतिकृया दिनुहोस्