सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेको उजुरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ । बुधबार दिउँसो महानगरिय प्रहरी परिसर टेकु पुगेकी निकितालाई प्रहरीले उजुरीको कार्यक्षेत्र नपरेको भन्दै फिर्ता पठाइ दिएको हो ।
निकिता आफ्ना जेठाजु हरिशरण लामिछाने र अधिवक्ता राजेन्द्र सेढाईंसँगै प्रहरीकोेमा पुगेकी थिइन् ।
उनले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइराला र चितवन प्रही प्रमुख दानबहादुर मल्लविरूद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप लगाएकी छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले उजुरी हाम्रो कर्यक्षेत्रमा नपर्ने भएकाले सम्बन्धित ठाउँमा गएर उजुरी दिन सुझाव दिएर पठाएको बताए । उनले चितवनमा मुद्दा चलिरहेकाले यो पनि त्यही कार्यक्षेत्रमा पर्ने र त्यही विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको पनि बताए ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भनिएको भिडियोकै आधारमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले पुडासैनीको मोबाइलमा फेला परेको भिडियोको फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको र आवाज पनि उनकै भएको पुष्टि भएपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको जनाएको छ ।