अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी र एक दिवसीय वरियतामा नेपाल यथावत स्थानमा रहेको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार टी ट्वान्टीतर्फ नेपाल यथावत रहदै ११ औं स्थानमा कायमै छ। अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो ।
नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ। नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन।
एसोसियट राष्ट्र मध्येको टी-ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन्।
टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।
छैठौं स्थानमा न्यूजिल्याण्ड, सातौं स्थानमा अफगानिस्तान, आठौंमा श्रीलंका नवौमा वेष्टइन्डिज र दशौंमा बंलगादेश छन्।
आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ। नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ।
एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी छन्।
एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका छन्।
छैठौदेखि दशौंसम्म क्रमशः पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्टइन्डिज र अफागनिस्तान छन्।
यस्तै ११ औं स्थानमा आयरल्याण्ड, बाह्रौमा जिम्बाम्बे, तेह्रौमा नेदरल्याण्ड र चौधौमा स्कटल्याण्ड छन्।