साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी दोस्रो खेलमा बराबरीमा रोकिएको छ।

शनिबार राति टोटेनहमले सिटीलाई २-२ गोलको बराबरीमा रोकेको हो।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले अंक बाढ्न बाध्य भयो। सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्यूरोले एक एक गोल गरे। टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।

इतिहाद स्टेडियममा खेलको २० औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए। २३ औं मिनेटमा लामेलाले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए।

खेलको ३५ औं मिनेटमा अग्यूरोले गोल गर्दै पुन सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा २-१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा सोचे अनुरूप खेल्न सेकन।

५६ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल लाई २-२ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सिटीकाआ ग्राबियल जिससले गरेको गोलले मान्यता नपाउँदा अंक बाढ्न बाध्य भयो। जिससले गोल गरेपनि भीएआरले त्यसलाई अफसाइड भएको जनाएको थियो । 

यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ। सिटी लिगको तेस्रो स्थानमा रहेको छ।

टोटेनहमको पनि २ खेलबाट ४ अंक रहेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-08-18 07:01:24

प्रतिकृया दिनुहोस्