कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।
बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन्।
कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले मंगलबार प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।
मन्त्री शाही बिहीबार अदालतमा हाजिर भएका थिए तर अदालती प्रक्रिया पुरा नभएपछि शाही प्रहरी हिरासतमा गएका छन् ।
प्रहरी नियन्त्रणमा पुगे लगतै उनलाई प्रदेश सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो।
मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन् ।
कृषि विकास बैंकले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरि बैंकलाई हानी नोक्शानी पुर्याएको दाबी गरेको छ।