क्रिकेट खेल्दा खेल्दै बलले लागेर अम्पायरको मृत्यु भएको छ।
क्रिकेट बलले टाउकोमा लागेर गम्भीर घाइते भएका भेट्रान क्रिकेट अम्पायर जोन विलियम्सको निधन भएको हो।
अगस्ट १ मा क्रिकेट खेल चलिरहेको बेला बलले लागेर घाइते भएका उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा भर्ना गरिएको थियो।
कोमामा राखेर उपचार गरिरहेको उक्त हस्पिटलले थप उपचारको लागि अर्को हस्पिटलमा उपचारका लागि रेफर गरेको २ सातापछि उनको मृत्यु भएको बिबिसीले जनाएको छ।
हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरीसमेत रहेका विलियम्स पेम्ब्रोकसायर काउन्टी डिभिजन-२ खेलमा अम्पायरको भूमिकामा थिए। ८० वर्षिय विलियम्सको निधनपछि पेम्ब्रोकसायर क्रिकेटले ट्वीट गर्दै दुःख व्यक्त गरेको छ।
सोहि खेलमा अर्को अम्पायर रहेका रोबर्ट सिमोन्सले बिबिसीसँग कुराकानीमा विलियम्स निकै भलाद्मी व्यक्ति रहेको भन्दै क्रिकेटको लागि आफ्नो जीवन दिएको बताए।
उनी ८० वर्षको उमेरमा पनि जिम्मेवारी निभाउन चाहन्थे भन्दै उनले यो घटना निकै दुःखद भएको प्रतिक्रिया दिए।