कोहलीको उत्कृष्ट प्रदर्शनमा वेष्टइन्डिजविरूद्धको वान डे सिरिज भारतले जित्यो

तस्बिरः एजेन्सी

भारतले वेष्टइन्डिजविरूद्धको वानडे सिरिजसमेत जितेको छ। वेस्टइण्डिजलाई तेस्रो वानडेमा बुधबार राति ६ विकेटले हराउँदै भारतले श्रृंखलामा जित हात पारेको हो।

गए रातिको जितसँगै भारतले वान डे सिरीज २-० ले जितेको हो।तीन खेलको सीरीजकोपहिलो वानडे वर्षाले रद्द भएको थियो।

यसअघि भारतले टी२० सीरीज पनि ३-० ले जितेको थियो। अब दुई टोलीबीच आगामी २२ अगष्टबाट टेस्ट सीरीज हुनेछ।

बुधबार पोर्ट अफ स्पेनकोक्वीन्स पार्क ओवल मैदानमा वेस्टइन्डिजले दिएको २५५ रनको लक्ष्य भारतले १५ बल बाँकी छँदै पुरा गर्‍यो।

भारतको जितमा कप्तान विराट कोहलीले सर्वाधिक सतकीय पारी खेले। कोहलीले ९९ बल खेल्दै १४ चौकासँगै ११४ रनको अभिजित पारी खेलेका थिए।

श्रेयस ऐर ४१ बलमा ६५ रन बनाउँने क्रममा ५ छक्का र ३ चौका हिर्काए।

शिखर धवनले ३६ रन बनाउँदा ओपनर रोहित शर्माले १० रन बनाए। विकेटकिपर ऋषव पन्त डक आउट हुँदा केदार जाधबले १९ रन बनाए।

वेष्टइन्डिजका लागि फाबिन आलेनले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ३५ ओभरमा ७ विकेट गुमाउँदै २४० रन बनाएको थियो।

वर्षाले खेल दुई घन्टा अवरूद्ध हुँदा खेल ३५ ओभरमा छोट्याइएको थियो।  उसका लागि क्रिस गेलले सर्वाधिक ७२ रन बनाए। मात्र ४१ बल खेलेका गेलले ५ छक्का र ८ चौकासहित उत्कृष्ट पारी खेले।

उनलेओपनर एविन लुईससँग सतकीय साझेदारी गर्दै घरेलु टोलीलाई उत्कृष्ट सुरूवात दिलाए। यी दुईले पहिलो विकेटका लागि १०५ ओभरमा ११५ रन जोडेका थिए।

त्यसपछि मध्यम अर्डरका ब्याट्समेनहरू चल्न नसक्दा वेष्टइन्डिज मधयम स्कोरमा समेटियो।

विण्डीजका लागि निकोलस पूरनले ३०, शिमरोन हेटमायरले २५, शाई होप २४, कार्लोस ब्रैथवेटले १६तथाजेसन होल्डरले १४ रन बनाएकका थिए।

भारतका लागि खलील अहमदले तीन, मोहम्मद शमीलेदुई तथायुजवेन्द्र चहल र रवीन्द्र जडेजाले समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2019-08-15 06:48:49

प्रतिकृया दिनुहोस्