पोर्चुगलको क्लब एएफसी पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ। रसियन क्लब एफसी क्रास्नोडारसँग अवे गोलका आधारमा पराजित हुँदै पोर्टो छनोटबाट बाहिरिएको हो।
पोर्चुगलको क्लब पोर्टो पहिलो लेगमा १–० ले अघि थियो ।
तर, दोस्रो लेगको खेलमा ३४ मिनेटभित्र ३–० ले पछि परेपछि पोर्टोको सम्भाावना सकिएको हो । तर दोस्रो हाफमा जी लुईज र लुईस डियाजले एक एक गोल गरे पनि टोलीको हार टार्न भने सकेनन् ।
सन् २००४ मा उपाधि जितेको पोर्टो २०१०–११ को सिजनपछि पहिलोपटक प्रतियोगिताबाट बाहिरिएको हो।
यस्तै अघिल्लो सिजन उच्च प्रदर्शन गर्दै अविश्वनीय रूपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्स युइइएफए च्याम्पियन्स लिगको प्ले अफमा पुग्न सफल भएको छ ।
मंगलबार राति भएको छनोटमा आयाक्सले पछि परेको स्थिति उल्ट्याएर पाओक थिसालोनिकीलाई ३–२ को जित निकाल्दै बालबाल प्ले अफमा स्थान बनाउन सफल भएको हो। आयाक्सले समग्रमा ५–४ को जित निकालेको हो ।
घरेलु मैदानमा आयाक्स खेलको २३औं मिनेटमा पछि परेको थियो । डिएगो विशेषवारले गोल गरेका थिए । ४३औं मिनेटमा डुसान टाडिकले बराबरी गोल फर्काए । ७९औं मिनेटमा निकोलसले गोल गर्दै आयाक्सलाई २–१ ले अघि बढाए । ८५औं मिेनटमा डुसान टाडिकले व्यक्तिगत दोस्रो गोल गर्दै आयाक्सलाई जितको बाटोमा उभ्याए । ९०औं मिनेटमा डिएगोले गोल गरेपनि पाओकको हार टार्न सकेन ।
डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन अपोइल निकोसियासँग प्रतिस्पर्धा गर्नेछ । अपोइलले क्वारावागमाथि समग्रमा ३–२ को जित निकालेको थियो ।