विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जरीवाना गरेको छ ।
युवा खेलाडी अनुबन्धमा नियम उल्लङघन गरेको भन्दै फिफाको अनुशासन समितिले इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीलाई ३१५,००० पाउन्ड जरीवाना सुनाएको हो ।
फिफाका अनुसार सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको जनाएको छ। अन्तर्राष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।
युवा खेलाडी अनुबन्धको नियम उलंघन गरे पनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ। यसअघि फिफाले चेल्सीलाई २ वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको थियो।