नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले आफ्नो देशको भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा एप्लाई गरेका थिए।
I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले बताएका छन्।
अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको उल्लेख गरेका छन्।
सन्दीपले यसअघि हालै क्यानडामा लिग खेलेर फर्किएका थिए।
इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका उनले सिपिएलको गत संस्करण पनि खेलिसकेका थिए।