‘पुलमुनि उनी बसिरहेकी थिइन्। आफैंलाई सम्हालेर। एउटा झिनो दोपट्टाबाट आफैंलाई ढाक्ने प्रयासमा। नजिकै खानाको डिब्बा खुल्ला र असरल्ल छरिइरहेको थियो। उनले लगाएका कपडा माटोले लतपतिएका थिए। लगाएका चप्पल पनि उल्टिएका थिए। दिलभित्र यत्रो चोट थियो कि, केही पनि भुल्न सक्ने अवस्था थिएन। एउटी आमाका लागि आफ्नी छोरीको यो अवस्था देख्दा कसलाई तितो नलाग्ला र?’
'स्कुल जाने उमेरकी छोरी चार पटकसम्म बलत्कारको शिकार भई,' बलात्कार पीडित एक महिलाकी आमा भन्छिन्। पहिलो पटक जबउनी बलत्कारको शिकार भइन् उनको उमेर दश वर्ष मात्र थियो। त्यसपछि पनि उनी तीन पटक बलत्कारको शिकार भइसकेकी छन्।
उनलाई यसरी पटकपटक बलत्कार गर्ने उनकै गाउँको केटा हो। पहिला ऊ बालिकाको विद्यालय आउने-जाने बाटोमा ढुकेर जिस्काउने गर्दथ्यो। पतिपत्नी दुबै जना कामका लागि घरबाहिर गएका बेला त्यो केटा घरभित्रै छिरेर छोरीमाथि बलत्कार गरेको थियो।
पहिलो पटक बलत्कार गरेपछि उसलाई थप हौसला मिल्यो। फेरि दोस्रो पटक खेतमा र अर्को पटक नदी किनारामा उसैले बलत्कारको शिकार बनायो बालिकालाई। यसरी भएका घटना कविताका लागि कहिल्यै नबिर्सने गरी छाती चिरिने पीडाका घाउ बनेर गडेका छन्।