नेपालका एकपछि अर्को राष्ट्रसेवक रंगेहात पक्राउ परेका समाचार आइरहेको बेला सबै राष्ट्रसेवक त्यस्ता हुदैनन् भन्ने एउटा दृष्टान्त पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले प्रस्तुत गरेका छन् । सबै अनौठो समाचार हुन्छ भन्ने समाचारको सर्वमान्य सिद्धान्त भएकाले उनी समाचारको पंक्ति बनेका हुन् ।
महानिर्देशक घिमिरेले नेपालका ठूला 'पावर ब्रोकर' चन्द्र ढकाललाई नै २० लाख जरिवाना तिराइ दिएका छन् । ढकालको चन्द्रागिरि हिल्स रिसोर्ट स्वीकृत मापदण्डअनुसार निर्माण नभएकोमा उनले २० लाख जरिवाना तिर्नुपरेको हो । महानिर्देशक घिमिरेले नियमानुसार जरिवाना तिरेपछि मात्र पुरक वातावरणीय प्रभाव मूल्यांकन(ई.आई. ए.) को लागि मार्गप्रश्स्त गर्न सकिने अडान लिएपछि ढकालले बाध्य भएर जरिवाना तिरेका हुन् ।
यो पनि हेर्नुहोस्
चन्द्रागिरिमा ढकालले एक किसिमको निर्माणका लागि इपीए गराएर अर्कै किसिमका सिमेन्टेड रिसोर्ट बनाएका छन् । त्यस्तो निर्माण मापदण्डविपरित भएको बताउँदै वन मन्त्रालयले २० लाख जरिवाना गर्ने र पुरक वातावरणीय प्रभाव मूल्यांकन(ई.आई. ए.) गराएर त्यसको आधारमा मात्र निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यो निर्णय नमान्न ढकाले वनमन्त्रीको नाममा जरिवाना मिनाहाका लागि पत्र लेखेका थिए । सेटिङ मिलाएर लेखेको त्यही पत्र देखाएर ढकालले माथि सबै मिलिसकेकाले पुरक वातावरणीय प्रभाव मूल्यांकन(ई.आई. ए.) को लागि मार्गप्रशस्त गर्न दवाव सिर्जना गरेका थिए । तर, महानिर्देशक घिमिरेले जरिवाना नतिरी केेही नै नहुने भनेपछि बाध्य भएर ढकालले जरिवाना तिरेका हुन् ।
यो पनि हेर्नुहोस्
मन्त्री भट्टराईले भने आइकाओको परीक्षामा पास भयौं
जरिवाना तिरेपछि मापदण्डविपरित बनाएकोपुरानो भौतिक संरचना कानूनसम्मत भएको हो कि के हो ? भन्ने प्रश्नमा विभागका एक अधिकारीले पूरक वातावरणीय प्रभाव मूल्यांकनका लागि मार्गप्रशस्त भएको बताए । त्यसमा के हुने हो त्यो चाँहि वन मन्त्रालयले निर्णय गर्ने बताउँदै उनले भने- 'हामी वातावरणीय दृष्टकोणले युक्तिसंगत नभएका कुनै पनि संरचनालाई मान्यता दिदैनौ ।'
एउटै कारवाहीले ढकाललाई केही हुने हैन तैपनि निर्णय गर्ने अख्तियारी भएको एकजना कर्मचारी मात्र पनि नियम कानूनमा खह्रो उत्रने हो भने धेरै कुरा ठीक लाग्छ भन्ने दृष्टान्त चाँहि यसबाट मिलेको छ ।
अहिले साधारण पर्यटकिय स्तरको होटल स्तरमा वर्गिकरण उक्त होटललाई चन्द्रागिरि हिल रिसोर्टले 'फोर स्टार' होटलमा बर्गिकरणका लागि दवाव दिँदै आएको थियो।