‘युनिभर्स वोस’ उपनामले चर्चित वेस्टइण्डिजका क्रिस गेलले आफ्नो करियरको ३ सयौं एक दिवसीय क्रिकेट खेलेका छन्। भारतविरुद्धको गएराति दोस्रो एक दिवसीय क्रिकेट खेलेसँगै ३०० खेल खेल्ने पहिले ब्यारेबियन खेलाडी बनेका छन्।
जारी सिरिज नै अन्तिम सिरिज भनेर घोषणा गरिसकेका गेलले वेस्टइण्डिजकै पूर्व खेलाडी ब्रायन लाराको कीर्तिमान तोडेका हुन्।
लाराले २९९ एक दिवसीय क्रिकेट खेलेका थिए। दोस्रो एक दिवसीय क्रिकेटका लागि मैदान उत्रिएसँगै उनले ३ सय एक दिवसीय खेल्ने पहिलो क्यारेवियन खेलाडी बने। उनले लारासँगै एबी डिविलियर्सको रेकर्ड पनि तोड्न सफल भए।
वेस्टइन्डिजको लागि रेकर्ड ३०० औं खेल खेल्ने क्रममा गेलले २४ बलमा १ चौका मदतले ११ रन बनाए। भुवनेश्वर कुमारबाट एलबिडब्लु हुनु अघि गेलले ब्रायन लाराको रेकर्ड तोड्दै वेस्टइन्डिजको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने।
लाराले १०,४०५ रन बनाएका थिए। गेलको ३०० खेलमा १०,४०८ रन पुगेको छ।
यस क्रममा गेलले २५ शतक र ५३ अर्धशतक बनाएका छन्। लाराले १९ शतक र ६३ अर्धशतक बनाएका थिए।
भारतविरुद्ध तेस्रो एक दिवसीय क्रिकेटसँगै उनले सन्यासको घोषणा गर्ने छन्। ३९ वर्षिय गेलले अहिलेसम्म दश हजार बढी रन बनाउँदा यस क्रममा गेलले २५ शतक र ५३ अर्धशतक बनाएका छन्।
एक दिवसीय क्रिकेटमा उनी सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनीभन्दा अगाडि पाकिस्तानका साहिद अफ्रिदी रहेका छन्। अफ्रिदीले ३५१ छक्का प्रहार गर्दा गेलले ३२६ छक्का प्रहार गरेका छन्।