झापाको विर्तामोड नगरपालिका ७, ८, ९ को संयुक्त वडा कार्यालयमा विष्फोट

तस्बिरः बिएल

झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा गएराति अज्ञात समूहले बम बिस्फोट गराएको छ।

गरामनीस्थित एक भवनमा रहेको तीन वटै वडाको कार्यालयमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयले जनाएका छन्।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ। चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको छ। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2019-08-12 07:23:41

प्रतिकृया दिनुहोस्