योगेशले गरे अनुरोध, झाँक्रीले सम्म जाँगर चलाइनन्

योगेशले गरे अनुरोध झाँक्रीले नै जाँगर चलाइनन् । ब्रेक एन लिंक्स ग्राफिक्स

सन् २०२० लाई नेपालले नेपाल भ्रमण बर्ष,२०२० का रूपमा मनाउँदैछ । २० लाख पर्यटकलाई नेपाल भित्राउने लक्ष्यका साथ घोषणा गर्ने यो अभियानका अभियन्ता तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी अव यो संसारमा रहेनन् । त्यसपछि लामो समयसम्म प्रधानमन्त्री केपी ओली नै विभागीय मन्त्री पाएर यो अभियान नै उनीजस्तै थलियो । पाँच महिना मात्र बाँकि भएको बेला योगेश भट्टराई विभागीय मन्त्रीको चुनौतिपूर्ण जिम्मेवारी लिएर मन्त्रालय आइपुगेका छन् ।

अहिले उनी यो चुनौतिको पहाडलाई कसरी अवसरको मैदान बनाउन सकिन्छ भनेर लागि परेको देखिन्छ । त्यही क्रममा उनले सामाजिक सञ्जालमा नेपाल भ्रमण बर्ष,२०२० को लोगोलाई प्रोाफाइलका रूपमा प्रयोग गरिदिन सार्वजनिक रूपमा सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस् 
भो अति भो, कति दोष दिनु सतीलाई ?

लोगोलाई ब्राण्डिङ र पर्सनलाइज्ड गर्ने रणनीतिका साथ उनले गरेको यो अभियानले मिश्रित प्रतिक्रिया पाएको छ । वामपन्थी समर्थक र कुनै पनि राजनीतिक रङमा नरंगिएका स्वतन्त्र नेपालीले यसको प्रयोग गरे पनि नेपाली कांग्रेस समर्थकहरूले भने प्रयोग गरेको देखिएको छैन । 

यो समाचार तयार पारूज्नेलसम्म उनकै पार्टीका अझ उनकै विचारसमूहका नेता कार्यकर्ताले पनि यो फ्रेम प्रयोग गरिसकेका छैनन् । अझ उनकै क्याविनेटका सदस्यका सामाजिक सञ्जालका प्रोलाइलमा पनि नेपाल भ्रमण वर्ष २०२० को लोगोले ठाउँ पाएको छैन । उदाहरणका लागि टाढा जानै पर्दैन सामाजिक सञ्जालमा चर्चित रामकुमारी झाँक्रीले पनि यो लोगो प्रयोग गरेर फ्रेम बनाउन जाँगर चलाएको देखिएको छैन । 

 

 

 

 

 

प्रकाशित मिति: : 2019-08-12 03:26:01

प्रतिकृया दिनुहोस्